यो पेज मैले आफ्नो आमा स्व .रेहाना खातुन को यादमा बनाएको छु ...

हिन्दी : ये वेब साइट हमने अपनी अम्मि कि यादमे बनाया है English: I have created this site In the Memory of My Beloved Mother Rehana Khatun...I miss you always Ammi.

What will be the Namaz Praying Time Table

I will write here deeni talim....

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Friday, September 10, 2021

आखिर इस्लामको विरुद्ध नकारात्मक प्रचार प्रसार किन गरिन्छ?

आखिर इस्लामको विरुद्ध नकारात्मक प्रचार प्रसार किन गरिन्छ?

आज विश्वभरी नै इस्लामको विरुद्ध नकारात्मक प्रसारप्रसार गरिदैंछ । यसलाई इस्लामफोबिया पनि भन्न सकिन्छ । तर त्यो भन्दा फरक कारण पनि रहेका छन् जुन आज म साझा गर्न गइरहेकोछु । ध्यान दिएर पढ्नु होला साथै मनन पनि गर्नुहोला ।

पहिलो कारण इस्लाममा रक्सीलाई हराम भनिएछ । किनभने विभिन्न खाले अपराधिक घटना बढाउने र घरेलुहिंसाका घटनाहरुको प्रमुख कारण मध्येको एक हो । यसार्थ यदि इस्लामको नकारात्मक प्रचार गरिएन् भने विश्वका ठुल्ठुला रक्सी र बियर कम्पनी घाटामा जानेछन् ।

वेश्यावृत्तिमा पुर्णरुपले रोक लाग्नेछ जसले गर्दा देश विदेशमा केटीहरुलाई ओसारपसार गर्ने गराउने दलालहरुको अनगिन्त कमाउने गरेको आम्दनीको स्रोत बन्द हुन्छ ।

आधुनिकताका नाममा चलिरहेको लीव इन रिलेशनमा प्रतिबन्ध लगाईनेछ । जसले गर्दा महिलालाई उपभोगको साधन सम्झेर अस्मिता संग खेल्वाड गर्ने काम बन्द भयो भने मोज गर्न पाउदैन्न् । 

बलात्कारीलाई मृत्युदंड दिईनेछ । जसले गर्दा हाल विश्व भरी अधिकांश सत्तामा बसेका बलात्कारीहरुको जमात सजाय पाउनेछ । समाजमा कुनै पनि बलात्कारी नेता, मन्त्री, अधिकारी बन्न पाउदैंन् किनभने मृत्युदंड पछि बाचेकै हुदैंन् । 

अश्लीलता फैलाउने टिकटक जस्ता साफ्टवेयर र वेबसाइडमाथि प्रतिबन्ध लगाई पुर्ण रुपले बन्द गरिनेछ । जसले गर्दा ठुल्ठुला साफ्टवेयर मेकरहरुको धन्दा चौपट हुनेछ ।

अपराधिक घटना हुदैंन्न् एउटा चोरले चोरी गर्दा चोरको हात काटिनेछ । जसले गर्दा चोरीसिकारी बन्द हुनेछ । यदि चोरी सिकारी बन्द भयो भने एकातिर चोरलाई संरक्षण दिइ छुटाउने अर्कोतिर जनतालाई सुरक्षाको आश्वासन दिई भोट लिएर कुर्सीमा बसेर गर्ने नेताहरु व्यापार ठप्प भइहाल्छ । 

इस्लाममा इस्लामिक पारिवारिक अदालतमा पक्ष र विपक्षलाई राखेर तत्काल फैसला गरी न्याय गरिने व्यवस्था छ । जबकि अदालतहरुमा एउटा सानो सम्पत्ति जग्गा अतिक्रमणको मुद्दामा पनि पचिसौं वर्ष लगाईन्छ । यहां सम्म कि मुद्दा गर्ने वादी प्रतिवादी हरुको मृत्यु भइसक्छ तर मुद्दाको फैसला हुदैंन् । किनभने वादी प्रतिवादीले भुक्तानी गर्ने रकमबाट नै अदालतका कर्मचारी ,वकिल र न्यायधीशहरुको धन्दा र जिविका चलिरहेको हुन्छ । यदि इस्लामको व्यवस्था अनुसार पारिवारिक अदालतले तुरुन्तै फैसला गर्ने भए भने उनीहरुको कोट पाईन्ट, टाई बेल्ट, सोफासेट , विदेशी झुमर डाइनिंग कोठा महंगा सवारी साधन सहितको शानशौकत र वर्षै पिच्छेको देश विदेश भ्रमण खर्चको आयस्रोत नै बन्द भइहाल्छ ।

कुरानापाकमा अल्लाहको आदेश छ ब्याज हराम छ यसकारण ब्याजको कारोबार गर्नेहरु पापी हुन् । किनभने यो कार्य र सिसटमले धनीलाई झन् धनी र गरीबलाई अझ गरीब बनाउंछ ।  यदि इस्लामको सही प्रचारप्रसार  गरियो भने विश्वका ठुल्ठुला बैंकहरुको गरीबलाई लुटेर धनी व्यवसायीहरुलाई झन् धनी बनाउने काम ठप्प भइहाल्छ ।

अनि इस्लामको ट्याक्स व्यवस्था अनुसार अढाइ प्रतिशत मात्र बुझाउनुपर्छ जसले गर्दा मनपरी ट्याक्स जी एसटी लगाएर गरीब जनतालाई लुट्न पाईदैन् अनि महगांई घट्छ गरीबहरु पनि कारोबार गरी आर्थिक रुपले सम्पन्न हुन सक्नेछन् ।

इस्लामले पुर्ण रुपले समानता , सहअस्तित्व, समान सम्मान, भाईचारा ,  सामाजिक सद्भाव र मानवताको सन्देश दिन्छ । जसको उदाहरण हेर्ने हो भने कुरानापाकमा एक ठांउमा अल्लाहको आदेश छ" तिम्रो लाई तिम्रो धर्म मेरो लागि मेरो धर्म" भने अर्को ठांउमा आदेश " "धर्ममा जोरजबरदस्ती छैन्" । तर प्रचार गरिन्छ इस्लाम कट्टरताको धर्म हो । किनभने यदि यो भ्रम फैलाईएन् भने धर्मको राजनीति सफल हुदैंन् । धर्मको राजनीति सफल भएन् भने सत्ता टिक्दैन् । 

यी यावत कारण छन् जसले गर्दा विश्वभरी इस्लामको नकारात्मक प्रचारप्रसार गरिन्छ । यो प्रोपेगैंडा फैलाउनेहरु मध्ये ठुल्ठुला व्यापारी र राजनीतिकर्मी हुन्छन् । अब प्रष्ट भयो होला कि इस्लामको गलत प्रचार कसले र किन गर्दैछन् ।